Our Latest Blogs
Sharing stories, ideas, and experiences that inspire learning and growth.

गढवा गाउँपालिकामा कक्षा १० का विद्यार्थीका लागि शैक्षिक उत्प्रेरणा तथा निःशुल्क SEE अनलाइन कक्षाबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न
गढवा गाउँपालिकाको समन्वय तथा वडा अध्यक्ष श्री बाबुराम अधिकारीको पहलमा Ghunsa Foundation Nepal द्वारा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक उत्प्रेरणा (Motivation Session) तथा निःशुल्क SEE Online Classes सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सरूमारानी गाउँपालिकामा कक्षा १० का विद्यार्थीहरूका लागि प्रेरणादायी कार्यक्रम सम्पन्न तथा निःशुल्क SEE अनलाइन कक्षाका लागि समझदारी
सरूमारानी गाउँपालिकाको आयोजना तथा Ghunsa Foundation Nepal को सहकार्यमा मिति २०८३ साल असार १२ गते कक्षा १० का विद्यार्थीहरूका लागि एकदिने प्रेरणादायी (Motivational) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

SEE ज्ञानमहोत्सव २०८३: प्युठानका कक्षा १० का विद्यार्थीका लागि Motivation तथा Free SEE Online Classes कार्यक्रम सम्पन्न
प्युठान, असार ११, २०८३ लुम्बिनी प्रदेश अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालयको आयोजना तथा माननीय निमा गिरीज्यूको विशेष पहलमा आयोजित SEE ज्ञानमहोत्सव २०८३ अन्तर्गत कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि Motivation तथा Free SEE Online Classes सम्बन्धी विशेष शैक्षिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

भोटेकोशी गाउँपालिकामा कक्षा १० का विद्यार्थीका लागि शैक्षिक उत्प्रेरणा तथा करियर परामर्श कार्यक्रम सम्पन्न
भोटेकोशी गाउँपालिका को आयोजनामा तथा घुन्सा फाउण्डेसन को प्राविधिक सहयोगमा गाउँपालिका अन्तर्गतका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि "सिकाइ उपलब्धि अभिवृद्धि तथा करियर परामर्श सम्बन्धी शैक्षिक उत्प्रेरणा कार्यक्रम" सफलतापूर्वक सम्पन्न भएको छ।

माई नगरपालिका, इलामद्वारा कक्षा १० का विद्यार्थीका लागि दुईदिने मोटिभेसन तथा शैक्षिक मार्गदर्शन कार्यक्रम सम्पन्न
माई नगरपालिका, इलाममाई नगरपालिकाको आयोजना तथा कन्काई माध्यमिक विद्यालयकन्काई माध्यमिक विद्यालयको प्राविधिक सहयोगमा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूका लागि दुईदिने मोटिभेसन तथा शैक्षिक मार्गदर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आगामी २०८३ सालको SEE परीक्षालाई लक्षित गर्दै विद्यार्थीहरूलाई अध्ययनप्रति उत्प्रेरित गर्ने, स्पष्ट लक्ष्य निर्धारण गर्न सहयोग गर्ने तथा भविष्यका लागि सही शैक्षिक योजना बनाउन मार्गदर्शन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।

घुँसा फाउन्डेसन द्वारा संचालित SEE 2082 Project को औपचारिक समापन कार्यक्रम सम्पन्न
Ghunsa Foundation द्वारा शिक्षक र Mentors सम्मान कार्यक्रम।

रुपन्देहीका विद्यार्थीहरूसँग तीन दिन: जहाँ भविष्यका पाटाहरू भेटिए
लुम्बिनी प्रदेशको मुटु, बुटवल र आसपासका क्षेत्रहरूमा पाइला टेक्दा हामीले एक किसिमको फरक ऊर्जा महसुस गर्यौँ। घुन्सा फाउन्डेसनको टोलीले अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म रुपन्देही जिल्लामा आफ्नो भौतिक अभियान सञ्चालन गर्यो। सिद्धार्थ गौतम बुद्धले शान्तिको सन्देश फैलाएको यस धर्तीमा हामी भने विद्यार्थीहरूको सुनौलो भविष्यका लागि 'मार्गदर्शन' को सन्देश लिएर पुगेका थियौँ।

ताल र हिमालको सहरमा सपनाका रङहरू
प्रकृतिको काखमा भविष्यको खोजी कास्की जिल्लामा घुन्सा फाउन्डेसनले सञ्चालन गरेको एक साता लामो शैक्षिक अभियानको प्रेरणादायी यात्रा हो। २६ विद्यालयका १,३५२ भन्दा बढी विद्यार्थीहरूसँगको भेट, उनीहरूका सपना, सम्भावना र शिक्षाप्रतिको उत्साहलाई समेटिएको यो अभियानले भविष्य निर्माणतर्फको हाम्रो प्रतिबद्धता झल्काउँछ।