विद्यार्थीहरूलाई आफ्नो भविष्यप्रति सचेत, जिम्मेवार र लक्ष्यप्रति प्रतिबद्ध बनाउन आयोजित उक्त कार्यक्रममा शैक्षिक प्रेरणा, करियर योजना, आत्मविश्वास विकास तथा जीवनमा सफलता हासिल गर्न आवश्यक सीप र सोचका विषयमा विशेष अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो।
कार्यक्रममा लोकप्रिय समाजसेवी तथा शिक्षाप्रेमी (Ghunsa Foundation)की संस्थापक याङजोम शेर्पा ले प्रेरणादायी मन्तव्य प्रस्तुत गर्दै विद्यार्थीहरूलाई आफ्नो जीवनको स्पष्ट लक्ष्य निर्धारण गरी त्यसलाई प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई आफ्ना आमा, बुबा र गुरुजनप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै उनीहरूको मार्गदर्शनलाई जीवनको महत्वपूर्ण आधार बनाउनुपर्ने सन्देश दिनुभयो।
यस अवसरमा एम्बिसन गुरु टिम ले पनि विद्यार्थीहरूलाई आधुनिक शिक्षा, करियर छनोट, उच्च शिक्षा तथा प्रतिस्पर्धी संसारमा सफल हुन आवश्यक तयारीका विषयमा महत्वपूर्ण जानकारी प्रदान गरेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो भविष्य निर्माणका लागि उपयोगी ज्ञान र प्रेरणा प्राप्त गरेका थिए।
कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने गाउँपालिकाका अध्यक्षज्यू, उपाध्यक्षज्यू, विष्णु प्रधानज्यू तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, कर्मचारी, अभिभावक र सहयोगी महानुभावहरूप्रति हार्दिक सम्मान तथा आभार व्यक्त गरिएको छ।
यस प्रकारका शैक्षिक तथा करियर परामर्श कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच, आत्मविश्वास र सही निर्णय क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरी विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्यतर्फ अग्रसर गराउने प्रतिबद्धता व्यक्त गरिएको छ।






