Our Projects

घुन्सा फाउन्डेसनले SEE विद्यार्थीहरूका लागि सञ्चालन गरेका निःशुल्क शैक्षिक अभियानहरू।

SEE Project - 2081

SEE Project - 2081

SEE Project 2081 घुन्सा फाउन्डेसन र Ambition Guru को सहकार्यमा सञ्चालन गरिएको निःशुल्क शैक्षिक अभियान हो, जसले नेपालभरका १,९३,१२८ SEE विद्यार्थीहरूलाई गुणस्तरीय डिजिटल शिक्षा उपलब्ध गराएको थियो। Live Class, Recorded Video, Notes, ASK Guru, Test लगायतका शैक्षिक सामग्री, अनुभवी शिक्षक तथा मेन्टर टोली, र नेपाल टेलिकमसँगको सहकार्यमा निःशुल्क डेटा सुविधामार्फत विद्यार्थीहरूको परीक्षा तयारीलाई प्रभावकारी बनाइएको थियो।

SEE 2082 ब्याचका भाइबहिनीहरूसँगको विशेष भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न!

SEE 2082 ब्याचका भाइबहिनीहरूसँगको विशेष भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न!

घुन्सा फाउन्डेसनद्वारा SEE 2082 ब्याचका भाइबहिनीहरूसँग एक हार्दिक तथा प्रेरणादायी भेटघाट कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो SEE यात्राका अनुभवहरू साझा गर्नुभयो।

घुन्सा फाउन्डेसनद्वारा विद्यार्थीहरूका लागि Career Counselling सम्पन्न

घुन्सा फाउन्डेसनद्वारा विद्यार्थीहरूका लागि Career Counselling सम्पन्न

घुन्सा फाउन्डेसनले हालै एसईई परीक्षा दिएका विद्यार्थीहरूको भविष्य निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले विशेष क्यारियर परामर्श सत्रको आयोजना गर्‍यो।

घुन्सा फाउन्डेसनद्वारा SEE दिएका विद्यार्थीहरूका लागि स्वास्थ्य शिविर सम्पन्न

घुन्सा फाउन्डेसनद्वारा SEE दिएका विद्यार्थीहरूका लागि स्वास्थ्य शिविर सम्पन्न

घुन्सा फाउन्डेसनले हालै एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरूका लागि एक विशेष स्वास्थ्य जागरण शिविरको आयोजना गर्‍यो।