शनिबार, चैत्र १४ गते, Ghunsa Foundation ले शिक्षक र mentors हरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गर्यो। कार्यक्रमको सभापति संस्थापक Yangzom Sherpa हुनुभएको थियो।
कार्यक्रममा शिक्षक र mentors हरूको निरन्तर मेहनत, समर्पण, र विद्यार्थीहरूको गुणस्तरीय शिक्षा प्रदान गर्ने योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरियो। Ghunsa Foundation का प्रतिनिधिहरूले शिक्षामा योगदान दिने हरेक व्यक्तिको भूमिका महत्वपूर्ण रहेको र उनीहरूलाई प्रेरणा तथा प्रोत्साहन दिन यस्तो कार्यक्रम आयोजना गरिएको बताए।
समापन समारोह र शिक्षक सम्मान
अभियानको सफल समापनसँगै आयोजित समापन कार्यक्रममा विशेष रूपमा शिक्षकहरूलाई सम्मान गरिएको थियो। अभियानलाई सफल बनाउन शिक्षकहरूको भूमिका महत्वपूर्ण रह्यो।
शिक्षकहरूको सहयोग, समर्पण र सक्रिय सहभागिताले नै यो अभियान सफल बनाउन मद्दत गर्यो। त्यसैले, फाउन्डेसनले उनीहरूको योगदानको कदर गर्दै कृतज्ञता व्यक्त गरेको छ।
संस्थापकबाट सम्मान व्यक्त
समापन कार्यक्रममा घुँसा फाउन्डेसनकी संस्थापक Yangzom Sherpa ज्यूले शिक्षकहरूप्रति आफ्नो सम्मान व्यक्त गर्नुभयो।
उहाँले शिक्षकहरूको योगदानलाई प्रशंसा गर्दै भविष्यमा पनि यस्तै सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो।
शिक्षा क्षेत्रमा निरन्तर योगदान
घुँसा फाउन्डेसनले यस्ता अभियानमार्फत शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ। विद्यालयहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ।
कार्यक्रममा विभिन्न शिक्षक र mentors हरूले आफ्नो अनुभव, चुनौती, र विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिनका लागि अपनाएका तरिका साझा गरे। यसले सहभागिहरूमा साझा सिकाइको वातावरण सिर्जना गर्यो र उनीहरूलाई अझ उत्साहित बनायो। Foundation ले यो कार्यक्रममार्फत शिक्षक र mentors हरूलाई सम्मान गर्नु मात्र होइन, शिक्षा क्षेत्रमा गुणस्तर, समर्पण, र लगनशीलतालाई अझ प्रोत्साहित गर्ने उद्देश्य राखेको छ। संस्थाले भविष्यमा पनि यस्ता पहलहरू निरन्तर सञ्चालन गर्ने विश्वास व्यक्त गर्यो।





