Hero Image

माई नगरपालिका, इलामद्वारा कक्षा १० का विद्यार्थीका लागि दुईदिने मोटिभेसन तथा शैक्षिक मार्गदर्शन कार्यक्रम सम्पन्न

Jun 02, 2026
By Ghunsa Foundation
blogMotivational

कार्यक्रम २०८३ साल जेठ १४ र १५ गते शीतलीस्थित कन्काई माध्यमिक विद्यालयमा सम्पन्न भएको हो। माई नगरपालिकाभित्रका विभिन्न विद्यालयका कक्षा १० का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रममा विद्यार्थीहरूलाई SEE पछिको शैक्षिक यात्रा, समय व्यवस्थापन, प्रभावकारी अध्ययन सीप तथा आत्मविश्वास विकास सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमअन्तर्गत घुन्सा फाउन्डेसन(Ghunsa Foundation)की संस्थापक याङजोम शेर्पा(Yangzom Sherpa)द्वारा विशेष मोटिभेसन सत्र सञ्चालन गरिएको थियो। उक्त सत्रमा विद्यार्थीहरूलाई ठूलो सपना देख्न, स्पष्ट लक्ष्य निर्धारण गर्दै निरन्तर मेहनत र आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गरिएको थियो। साथै, Ghunsa Foundation अन्तर्गत सञ्चालन हुने निःशुल्क अनलाइन कक्षाहरू (Live तथा Recorded Class) बारे जानकारी दिइएको थियो, जसले विद्यार्थीहरूलाई जुनसुकै समयमा गुणस्तरीय शिक्षामा सहज पहुँच प्रदान गर्दछ।

यस कार्यक्रमले विद्यार्थीहरूमा नयाँ ऊर्जा, आत्मविश्वास र भविष्यप्रतिको स्पष्ट दृष्टिकोण विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको छ। माई नगरपालिका, कन्काई माध्यमिक विद्यालय तथा सहयोगी संस्थाहरूको समन्वयमा सम्पन्न यस कार्यक्रमले SEE परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई प्रेरणा तथा मार्गदर्शन प्रदान गरेको छ।


Recent Posts

गढवा गाउँपालिकामा कक्षा १० का विद्यार्थीका लागि शैक्षिक उत्प्रेरणा तथा निःशुल्क SEE अनलाइन कक्षाबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न
Jul 01, 2026
सरूमारानी गाउँपालिकामा कक्षा १० का विद्यार्थीहरूका लागि प्रेरणादायी कार्यक्रम सम्पन्न तथा निःशुल्क SEE अनलाइन कक्षाका लागि समझदारी
Jun 29, 2026
SEE ज्ञानमहोत्सव २०८३: प्युठानका कक्षा १० का विद्यार्थीका लागि Motivation तथा Free SEE Online Classes कार्यक्रम सम्पन्न
Jun 28, 2026
भोटेकोशी गाउँपालिकामा कक्षा १० का विद्यार्थीका लागि शैक्षिक उत्प्रेरणा तथा करियर परामर्श कार्यक्रम सम्पन्न
Jun 19, 2026
घुँसा फाउन्डेसन द्वारा संचालित SEE 2082 Project को औपचारिक समापन कार्यक्रम सम्पन्न
Mar 29, 2026