गाउँपालिकाभित्र रहेका ९ वटा सामुदायिक माध्यमिक विद्यालय र १ वटा निजी विद्यालय का ३८१ जना विद्यार्थी कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको थियो।
कार्यक्रममा सहभागी विद्यालयहरू:
सरस्वती माध्यमिक विद्यालय, बाँगेसाल
जनता माध्यमिक विद्यालय
सरस्वती माध्यमिक विद्यालय, चापा
सरूमारानी माध्यमिक विद्यालय
भीमसेन माध्यमिक विद्यालय
सत्य माध्यमिक विद्यालय
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय
खड्गेश्वरी माध्यमिक विद्यालय
बाल विकास माध्यमिक विद्यालय
सरस्वती इङ्ग्लिस बोर्डिङ स्कुल
विद्यार्थीहरूलाई प्रेरणादायी मार्गदर्शन
कार्यक्रममा Ghunsa Foundation Nepal की संस्थापक याङजोम शेर्पाले विद्यार्थीहरूलाई सकारात्मक सोच, आत्मविश्वास, लक्ष्य निर्धारण, अनुशासन, नियमित अध्ययन तथा जीवनमा सफल बन्न आवश्यक मानसिकता विकासका विषयमा प्रेरणादायी सत्र सञ्चालन गर्नुभयो।
त्यसैगरी Ghunsa Foundation Nepal का व्यवस्थापक दिपक पौडेलले विद्यार्थीहरूलाई अध्ययन रणनीति, SEE परीक्षाको तयारी, समय व्यवस्थापन तथा भविष्यको करियर निर्माण सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्नुभयो।
कार्यक्रममा सरूमारानी गाउँपालिकाका अध्यक्ष तथा वडा अध्यक्ष झग बहादुर बी.के. लगायतका जनप्रतिनिधिहरूले पनि आफ्नो अनुभव साझा गर्दै विद्यार्थीहरूलाई मेहनत, अनुशासन र निरन्तर सिकाइतर्फ प्रेरित गर्नुभएको थियो।
यस कार्यक्रमले विद्यार्थीहरूमा नयाँ ऊर्जा, आत्मविश्वास र भविष्यप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।
निःशुल्क SEE अनलाइन कक्षाका लागि समझदारी
कार्यक्रमकै अवसरमा सरूमारानी गाउँपालिका र Ghunsa Foundation Nepal बीच कक्षा १० (SEE) का विद्यार्थीहरूलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने सम्बन्धमा समझदारी (MoU) सम्पन्न भएको छ।
यस सहकार्यअन्तर्गत गाउँपालिकाभित्रका SEE परीक्षार्थीहरूले विषयगत विशेषज्ञ शिक्षकमार्फत निःशुल्क अनलाइन कक्षा, परीक्षा तयारी, अभ्यास सामग्री तथा आवश्यक शैक्षिक सहयोग प्राप्त गर्नेछन्।
यस पहलले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा सहज पहुँच उपलब्ध गराउँदै आगामी SEE परीक्षाको नतिजामा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।





