Hero Image

गढवा गाउँपालिकामा कक्षा १० का विद्यार्थीका लागि शैक्षिक उत्प्रेरणा तथा निःशुल्क SEE अनलाइन कक्षाबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

Jul 01, 2026
By Ghunsa Foundation
blogMotivational

मिति: २०८३ साल असार १३ गते, शनिवार
स्थान: गढवा गाउँपालिका, दाङ


गढवा गाउँपालिकाको समन्वय तथा वडा अध्यक्ष श्री बाबुराम अधिकारीको पहलमा Ghunsa Foundation Nepal द्वारा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक उत्प्रेरणा (Motivation Session) तथा निःशुल्क SEE Online Classes सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा गढवा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका कुल २२९ जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई SEE परीक्षाको प्रभावकारी तयारी, करियरप्रति सकारात्मक सोचको विकास, आत्मविश्वास अभिवृद्धि तथा निःशुल्क अनलाइन सिकाइका अवसरबारे जानकारी गराउनु रहेको थियो।

कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो।

पहिलो कार्यक्रम (बिहान ८:०० बजे)

कार्यक्रम जनता माध्यमिक विद्यालय, कलाकोटीमा आयोजना गरिएको थियो। यस कार्यक्रममा निम्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो:

  • जनमुखी माध्यमिक विद्यालय

  • श्री माध्यमिक विद्यालय

  • प्रतिष्ठा एकेडेमी

दोस्रो कार्यक्रम (दिउँसो १२:०० बजेदेखि)

दोस्रो कार्यक्रम पनि जनता माध्यमिक विद्यालय, कलाकोटीमै सञ्चालन गरिएको थियो। यस कार्यक्रममा निम्न विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए:

  • जनता माध्यमिक विद्यालय

  • चैनपुर माध्यमिक विद्यालय

  • सरस्वती माध्यमिक विद्यालय

  • दिपेन्द्र होम जुन

  • बुद्ध ज्योति विद्यालय

  • शुभ ज्योति विद्यालय

  • ज्ञान ज्योति विद्यालय

कार्यक्रममा Ghunsa Foundation Nepal की संस्थापक याङजोम शेर्पाले SEE परीक्षाको प्रभावकारी तयारी गर्ने तरिका, लक्ष्य निर्धारण, समय व्यवस्थापन, निरन्तर अभ्यासको महत्त्व तथा भविष्यको शैक्षिक र व्यावसायिक यात्राबारे प्रेरणादायी प्रस्तुति दिनुभएको थियो। साथै, Ghunsa Foundation Nepal द्वारा सञ्चालन गरिने निःशुल्क SEE Online Classes को उद्देश्य, सञ्चालन प्रक्रिया तथा विद्यार्थीहरूले प्राप्त गर्ने शैक्षिक सुविधाबारे पनि विस्तृत जानकारी प्रदान गरिएको थियो।


विद्यार्थीहरूले कार्यक्रमप्रति उत्साहजनक सहभागिता जनाउँदै आफ्ना जिज्ञासाहरू राखेका थिए। यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक अवसरसँग जोड्दै उनीहरूको आत्मविश्वास बढाउन तथा SEE परीक्षाको तयारीलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Ghunsa Foundation Nepal ले आगामी दिनहरूमा पनि देशका विभिन्न स्थानीय तहहरूसँग सहकार्य गर्दै यस्ता शैक्षिक उत्प्रेरणा तथा निःशुल्क SEE तयारी कार्यक्रमलाई निरन्तर विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।