कार्यक्रम प्युठान गाउँपालिका स्थित श्री मुक्ति माध्यमिक विद्यालय, रातामाटा मा सम्पन्न भएको थियो। कार्यक्रममा ८३ जना कक्षा १० का विद्यार्थीहरू सहभागी भएका थिए।
यस कार्यक्रममा निम्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो:
श्री माण्डवी माध्यमिक विद्यालय
श्री मुक्ति माध्यमिक विद्यालय
श्री चिरायु माध्यमिक विद्यालय
मल्लरानी इङ्ग्लिस बोर्डिङ स्कुल
कार्यक्रममा प्रेरणादायी वक्ताका रूपमा सहभागी हुनुभएकी Hr. Nima Giri Ma'am को निमन्त्रणामा विशेष Motivation Session सञ्चालन गरिएको थियो। उक्त सत्रमा विद्यार्थीहरूलाई आफ्नो भविष्यप्रति स्पष्ट लक्ष्य निर्धारण गर्ने, नियमित अध्ययन गर्ने, सही जीवनशैली अपनाउने, स्वस्थ खानपानमा ध्यान दिने तथा अनुशासित जीवनशैलीमार्फत सफलता हासिल गर्न सकिने विषयमा प्रेरणादायी सुझावहरू प्रदान गरियो।
साथै, Free SEE Online Classes को महत्वबारे जानकारी दिँदै, विद्यार्थीहरूले घरबाटै गुणस्तरीय अध्ययन सामग्री, अनुभवी शिक्षकहरूको मार्गदर्शन तथा नियमित अभ्यासमार्फत SEE परीक्षाको प्रभावकारी तयारी गर्न सक्ने विषयमा जानकारी साझा गरिएको थियो।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले उच्च शिक्षा, करियर छनोट, आत्मविश्वास विकास तथा SEE तयारी सम्बन्धी विभिन्न जिज्ञासाहरू राखेका थिए। ती प्रश्नहरूको व्यवहारिक र प्रेरणादायी उत्तर दिँदै उनीहरूलाई आफ्नो क्षमता पहिचान गरी निरन्तर मेहनत गर्न प्रेरित गरिएको थियो।
SEE ज्ञानमहोत्सव २०८३ ले प्युठान जिल्लाका विद्यार्थीहरूलाई शैक्षिक प्रेरणा, सही अध्ययन रणनीति तथा डिजिटल शिक्षाको महत्व बुझाउन महत्वपूर्ण भूमिका खेलेको छ। यस्तो कार्यक्रमले विद्यार्थीहरूलाई केवल परीक्षामा उत्कृष्ट नतिजा ल्याउन मात्र नभई भविष्यप्रति सकारात्मक सोच र आत्मविश्वास विकास गर्न समेत सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।





