यस अभियान अन्तर्गत जिल्लाको फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका क्षेत्रका विद्यालयहरूलाई लक्षित गरी शैक्षिक मार्गदर्शन प्रदान गरिएको थियो। अभियानमा सहभागी भएका फुङलिङ नगरपालिका क्षेत्रका प्रमुख विद्यालयहरू यस प्रकार छन्:
बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालय
वीरेन्द्र माध्यमिक विद्यालय
जनता माध्यमिक विद्यालय
श्री भानु माध्यमिक विद्यालय
श्री मयम् माध्यमिक विद्यालय
सिद्धकाली माध्यमिक विद्यालय
सिम्बु माध्यमिक विद्यालय
युवावर्ष माध्यमिक विद्यालय
त्यसैगरी, अभियानलाई फक्ताङलुङ गाउँपालिकाका दुर्गम क्षेत्रमा रहेका विद्यालयहरूमा पनि उत्तिकै सक्रियताका साथ अगाडि बढाइएको थियो। यस क्षेत्रका निम्न विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूसम्म फाउन्डेसनले आफ्नो पहुँच पुर्याएको छ:
खेजेनिम माध्यमिक विद्यालय
पार्वती माध्यमिक विद्यालय
रबिकला माध्यमिक विद्यालय
सरस्वती च्यारीबुक माध्यमिक विद्यालय
सरस्वती माध्यमिक विद्यालय
सेवालुङ माध्यमिक विद्यालय
सिन्वा माध्यमिक विद्यालय
सुनदेवी माध्यमिक विद्यालय
यस अभियानका क्रममा विद्यालयहरूसँग SEE तयारी गरिरहेका विद्यार्थीहरूका लागि उपलब्ध अत्याधुनिक शैक्षिक स्रोतहरूबारे गहन छलफल गरिएको थियो। साथै Ambition Guru एपमार्फत सञ्चालन भइरहेको निःशुल्क SEE अनलाइन कक्षाबारे विस्तृत जानकारी दिँदै विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोडिन र घरमै बसेर गुणस्तरीय शिक्षा लिन प्रोत्साहन गरिएको थियो।
घुन्सा फाउन्डेसन को विश्वास छ कि सही समयमा सही जानकारी र प्रविधिको पहुँच पुगेमा दुर्गम क्षेत्रका विद्यार्थीहरूले पनि आफ्नो शैक्षिक यात्रालाई अझ स्पष्ट र सबल बनाउन सक्छन्। ताप्लेजुङमा सञ्चालन गरिएको यो अभियानले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र उचित मार्गदर्शनसँग जोड्ने संस्थाको लक्ष्यलाई थप उचाइमा पुर्याएको छ। भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई देशका अन्य दुर्गम जिल्लाहरूमा विस्तार गर्दै लैजाने प्रतिबद्धता संस्थाले लिएको छ।





