यस अभियानका क्रममा संखुवासभाका विभिन्न विद्यालयहरूसँग समन्वय गरी विद्यार्थीहरूलाई डिजिटल अध्ययन सामग्री र Ambition Guru एपमार्फत सञ्चालन भइरहेका निःशुल्क SEE अनलाइन कक्षाहरूबारे जानकारी गराइएको छ। यस पहलमा सहभागी भएका विद्यालयहरू यस प्रकार छन्:
मनकामना रत्न अम्बिका माध्यमिक विद्यालय
आदर्श माध्यमिक विद्या मन्दिर
मंगला देवी माध्यमिक विद्यालय
आदर्श माध्यमिक विद्यालय, पिपले
वागीश्वरी माध्यमिक विद्यालय, ढुंगेधारा
महेन्द्र माध्यमिक विद्यालय
जलपा माध्यमिक विद्यालय
कुनिना माध्यमिक विद्यालय
हिमालयन माध्यमिक विद्यालय
गोल्डेन स्टार्स बोर्डिङ इंग्लिश स्कूल
सूर्य माध्यमिक विद्यालय
सनशाइन इंग्लिश माध्यमिक विद्यालय
अरुण भ्याली पब्लिक स्कूल
बरुण माध्यमिक इंग्लिश स्कूल
विगत २०८१ सालदेखि हालसम्म १ लाख ८२ हजारभन्दा बढी विद्यार्थीहरूलाई लाभान्वित गराइसकेको घुन्सा फाउन्डेसनले संखुवासभामा पनि त्यस्तै प्रभावकारी परिवर्तनको अपेक्षा राखेको छ। स्थानीय सरकार र विद्यालयहरूसँगको सहकार्यमा हामीले ती विद्यार्थीहरूमाझ पुग्ने प्रयास गरेका छौँ, जोसँग क्षमता त छ तर उचित मार्गदर्शन र स्रोतको अभाव छ।
हाम्रो विश्वास छ कि संखुवासभाका यी विद्यालयहरू र त्यहाँका मेहनती विद्यार्थीहरूले यो डिजिटल अवसरको पूर्ण सदुपयोग गर्नेछन्। गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवामा सबैको समान पहुँच सुनिश्चित नभएसम्म घुन्सा फाउन्डेसनको यो यात्रा निरन्तर अगाडि बढिरहनेछ।





