
SEE पछि पनि निरन्तर सिकाइ: फुरी शेर्पाको यात्रा
फुरी शेर्पा, सिद्धि गणेश माध्यमिक विद्यालय, काठमाडौंका विद्यार्थी हुन्। उनको स्थायी ठेगाना ओखलढुंगा, बिगुटार–०७ हो। उनले आफ्नो SEE तयारीका लागि निःशुल्क अनलाइन कक्षाहरू लिएका थिए, जसमा घुन्सा फाउन्डेशनले निःशुल्क कक्षाहरू प्रदान गरी उनलाई सहयोग गरेको थियो, र हाल SEE को नतिजाको पर्खाइमा छन्।
SEE तयारीको क्रममा अनलाइन कक्षाहरूले उनलाई घरमै बसेर सहज रूपमा अध्ययन गर्न सहयोग गर्यो। यसले उनको सिकाइलाई निरन्तर राख्न र विषयवस्तु राम्रोसँग बुझ्न मद्दत पुर्यायो।
अहिले, SEE पछि प्राप्त भएको खाली समयलाई सदुपयोग गर्दै फुरीले अंग्रेजी भाषा कक्षा पनि लिइरहेका छन्। नयाँ कुरा सिक्ने उनको चाहनाले उनी भविष्यप्रति कति सचेत र सक्रिय छन् भन्ने देखाउँछ। फुरीले यस वर्ष SEE दिने विद्यार्थी भाइबहिनीहरूलाई पनि यी कक्षाहरू लिन सुझाव दिएका छन्।
फुरी शेर्पाको प्रयासले देखाउँछ कि परीक्षा सकिएपछि पनि सिकाइ रोकिनु हुँदैन। समयको सही उपयोग र सिक्ने इच्छा भएमा हरेक अवसरलाई प्रगतिको बाटो बनाउन सकिन्छ।
Search the Journal
Categories
- Helping poor
- Water Problem
- Helping poor
- Charity
- Medical campaign
- Free food
Recent Posts

प्रयासबाट सफलतासम्म: CA वर्षा बरालसँगको प्रेरणादायी पोडकास्ट
May 24, 2026
चिकित्सा र सिर्जनात्मकताको सन्तुलन: श्रद्धा अधिकारीसँगको प्रेरणादायी पोडकास्ट
May 18, 2026
SEE विद्यार्थी गृष्मा अधिकारीको प्रेरणादायी यात्रा
May 4, 2026
तीन पुस्ताको साथमा सपनाको यात्रा: मनिता कुमारी तामाङको प्रेरणादायी अनुभव
Apr 28, 2026
SEE पछि पनि निरन्तर सिकाइ: फुरी शेर्पाको यात्रा
Apr 20, 2026