
•
लगभग ८० वर्षकी हजुरआमासँगै नातिनीलाई सम्झाउन आउनुभएको माया र जिम्मेवारी देखेर आज मन नै खुसी भयो। तीन पुस्ता, एउटै चिन्ता अनि उज्यालो भविष्यको खोजीमा आफै एक हिस्सा बन्न पाउँदा विशेष अनुभूति भयो। आजको काउन्सेलिङले तीन पुस्ताको उपस्थिति, सम्बन्ध र समझदारीको सुन्दर उदाहरण बनेको महसुस गरायो। मनिता कुमारी तामाङ, भक्तपुरको शाइनिङ स्टुडेन्ट्स एकेडेमीकी विद्यार्थी हुन्।…

•
हाम्रो हालैको पोडकास्टमा अतिथिका रूपमा सहभागी हुनु भएकी श्रद्धा अधिकारी, बनेपाकी निवासी तथा काभ्रे हायर सेकेन्डरी स्कूलबाट अध्ययन पूरा गरेकी एक प्रतिभाशाली युवती हुन्। उनी हाल काठमाडौं मेडिकल कलेज (KMC) मा अन्तिम वर्षकी मेडिकल विद्यार्थीका रूपमा अध्ययनरत छिन्। चिकित्सा जस्तो गम्भीर र चुनौतीपूर्ण क्षेत्रमा अध्ययन गर्दैगर्दा पनि श्रद्धाले आफ्नो रुचि र सिर्जनात्मकतालाई कहिल्यै छोडेकी…

•
गृष्मा अधिकारीले भर्खरै भएको २०८२ को SEE परीक्षा दिएकी हुन्। उनका बुबा–आमाले सोराखुट्टेमा विगत ९ वर्षदेखि चिया पसल सञ्चालन गर्दै आउनुभएको छ। परिवारको सानो व्यवसायले घर चलिरहेको छ, र यस्ता जिम्मेवारीहरूका बीच पनि गृष्माले आफ्नो पढाइलाई निरन्तरता दिँदै आएकी छिन्। उनीकी एक सानी बहिनी पनि छिन्। SEE तयारीको क्रममा उनले एम्बिसन गुरुबाट तयारी कक्षाहरू…

•
युमी परियार, टिंकुनेकी निवासी तथा ट्रिटन माध्यमिक विद्यालयकी विद्यार्थी हुन्, जसले हालै आफ्नो SEE परीक्षा सफलतापूर्वक पूरा गरेकी छिन्। उनी एकल आमासँग बस्ने परिवारबाट आएकी हुन्, जहाँ आर्थिक कठिनाइका बीच दुई छोरीहरूको पालनपोषण भइरहेको छ। यस्ता चुनौतीपूर्ण परिस्थितिहरूका बाबजुद पनि जेठी छोरीले आफ्नो पढाइप्रति दृढता र ध्यान कहिल्यै कमजोर हुन दिइनन्। जति नै कठिन…

•
वैशाख ४ नेपालमा माता तीर्थ औँसी का रूपमा मनाइन्छ। यो दिन आमाहरूको लागि समर्पित छ ती महिलाहरूका लागि, जसले हामीलाई माया, हेरचाह र साथ दिँदै जीवनभर साथ दिनुहुन्छ। आमाहरूले हाम्रो जीवनमा ठूलो भूमिका खेल्नुहुन्छ। विशेषगरी विद्यार्थी जीवनमा, उहाँहरूको साथ र हौसला धेरै महत्वपूर्ण हुन्छ। यस दिनलाई अझ अर्थपूर्ण बनाउँदै माता तीर्थ औँसी केवल मनाउने…

•
शनिबार, चैत्र १४ गते, Ghunsa Foundation ले शिक्षक र mentors हरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गर्यो। कार्यक्रमको सभापति संस्थापक Yangzom Sherpa हुनुभएको थियो। कार्यक्रममा शिक्षक र mentors हरूको निरन्तर मेहनत, समर्पण, र विद्यार्थीहरूको गुणस्तरीय शिक्षा प्रदान गर्ने योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरियो। Ghunsa Foundation का प्रतिनिधिहरूले शिक्षामा योगदान दिने हरेक…
•
घुँसा फाउन्डेसनले नेपालभर शिक्षा सुधारको आफ्नो अभियानलाई निरन्तर अगाडि बढाइरहेको छ। यसै क्रममा, Khanikhola Rural Municipality अन्तर्गत पर्ने क्षेत्रहरूमा एक महत्वपूर्ण शैक्षिक भ्रमण सम्पन्न गरिएको छ। यो अभियान विशेषगरी Bagmati Province का विद्यालयहरूसँग प्रत्यक्ष रूपमा जोडिने उद्देश्यले गरिएको हो। विद्यालयहरूसँग प्रत्यक्ष भेटघाट यस भ्रमणको क्रममा टोलीले विभिन्न विद्यालयहरूमा पुगेर शिक्षक तथा विद्यालय प्रशासनसँग प्रत्यक्ष…
•
घुँसा फाउन्डेसनले नेपालका विभिन्न क्षेत्रहरूमा शिक्षा पहुँच विस्तार गर्ने आफ्नो अभियानलाई निरन्तर अगाडि बढाइरहेको छ। यसै क्रममा, हालै Mahabharat Rural Municipality मा एक प्रभावकारी शैक्षिक भ्रमण सम्पन्न गरिएको छ। यो कार्यक्रम Bagmati Province भित्रका विद्यालयहरूसँग प्रत्यक्ष सम्बन्ध मजबुत बनाउने उद्देश्यले सञ्चालन गरिएको हो। विभिन्न विद्यालयहरूसँग सहकार्य यस भ्रमणको क्रममा टोलीले महाभारत गाउँपालिकाका विभिन्न विद्यालयहरूमा…
•
SEE परीक्षा नेपाली विद्यार्थीहरूको जीवनमा एउटा महत्वपूर्ण मोड हो। यस तयारीमा सही मार्गदर्शन र सहयोगले विद्यार्थीहरूको सफलता सुनिश्चित गर्न सक्दछ। Ambition Guru ले निःशुल्क SEE कक्षा, नोट्स, र अनलाइन सपोर्ट उपलब्ध गराएर विद्यार्थीहरूको तयारी सजिलो र प्रभावकारी बनाएको छ। यहाँ केही विद्यार्थीहरूको अनुभव प्रस्तुत छन्। 1. साराह राणा मगर – पोखरा साराह राणा मगर…

•
कर्णाली प्रदेश बाट SEE तयारी गरिरहेका १०,५३६ विद्यार्थी अहिले Ambition Guru को अनलाइन कक्षामा सहभागी भएका छन्। Ghunsa Foundation को मार्गदर्शनमा सञ्चालन भइरहेको यस कार्यक्रमले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई पनि गुणस्तरीय अध्ययन सामग्री र डिजिटल कक्षामा पहुँच उपलब्ध गराएको छ। यस पहलले देखाउँछ कि प्रविधिको प्रयोगले शिक्षा देशको हरेक कुनामा पुग्न सक्छ।