Ghunsa Foundation द्वारा शिक्षक र mentors सम्मान कार्यक्रम

शनिबार, चैत्र १४ गते, Ghunsa Foundation ले शिक्षक र mentors हरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रमको सभापति संस्थापक Yangzom Sherpa हुनुभएको थियो।

कार्यक्रममा शिक्षक र mentors हरूको निरन्तर मेहनत, समर्पण, र विद्यार्थीहरूको गुणस्तरीय शिक्षा प्रदान गर्ने योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरियो। Ghunsa Foundation का प्रतिनिधिहरूले शिक्षामा योगदान दिने हरेक व्यक्तिको भूमिका महत्वपूर्ण रहेको र उनीहरूलाई प्रेरणा तथा प्रोत्साहन दिन यस्तो कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रममा विभिन्न शिक्षक र mentors हरूले आफ्नो अनुभव, चुनौती, र विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिनका लागि अपनाएका तरिका साझा गरे। यसले सहभागिहरूमा साझा सिकाइको वातावरण सिर्जना गर्‍यो र उनीहरूलाई अझ उत्साहित बनायो।

Ghunsa Foundation ले यो कार्यक्रममार्फत शिक्षक र mentors हरूलाई सम्मान गर्नु मात्र होइन, शिक्षा क्षेत्रमा गुणस्तर, समर्पण, र लगनशीलतालाई अझ प्रोत्साहित गर्ने उद्देश्य राखेको छ। संस्थाले भविष्यमा पनि यस्ता पहलहरू निरन्तर सञ्चालन गर्ने विश्वास व्यक्त गर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *