लगभग ८० वर्षकी हजुरआमासँगै नातिनीलाई सम्झाउन आउनुभएको माया र जिम्मेवारी देखेर आज मन नै खुसी भयो। तीन पुस्ता, एउटै चिन्ता अनि उज्यालो भविष्यको खोजीमा आफै एक हिस्सा बन्न पाउँदा विशेष अनुभूति भयो। आजको काउन्सेलिङले तीन पुस्ताको उपस्थिति, सम्बन्ध र समझदारीको सुन्दर उदाहरण बनेको महसुस गरायो।
मनिता कुमारी तामाङ, भक्तपुरको शाइनिङ स्टुडेन्ट्स एकेडेमीकी विद्यार्थी हुन्। उनको अस्थायी ठेगाना सूर्यविनायक, भक्तपुर रहेको छ भने स्थायी ठेगाना रामेछाप हो। उनका बुबा मोहन कुमार तामाङ हुनुहुन्छ।
परिवारको साथ र मार्गदर्शनबीच मनिताले आफ्नो भविष्यप्रति स्पष्ट सोच बनाउँदै अघि बढिरहेकी छिन्। हाल उनी अंग्रेजी र AI सम्बन्धी कक्षाहरू लिइरहेकी छिन्। यी कक्षाहरूले उनलाई धेरै सहयोग पुगेको र आफ्नो सिकाइ अझ प्रभावकारी बनेको उनले बताएकी छिन्।
मनिताको यो यात्रा केवल पढाइको मात्र होइन, परिवारको साथ, प्रेरणा र सही मार्गदर्शनको पनि कथा हो। तीन पुस्ताको उपस्थितिले देखाउँछ कि जब परिवार एकसाथ हुन्छ, तब विद्यार्थीको आत्मविश्वास र सम्भावना अझ बलियो बन्छ।


Leave a Reply