
SEE 2082 ब्याचका भाइबहिनीहरूसँगको विशेष भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न!
यस कार्यक्रमबारे
घुन्सा फाउन्डेसनद्वारा SEE 2082 ब्याचका भाइबहिनीहरूसँग एक हार्दिक तथा प्रेरणादायी भेटघाट कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो SEE यात्राका अनुभवहरू साझा गर्नुभयो। परीक्षाको तयारीदेखि लिएर त्यस दौरान सामना गरेका चुनौती र खुसीका पलहरूसम्म सबै कुरा खुलेर बताउनुभयो।
कार्यक्रमको सबैभन्दा हृदयस्पर्शी क्षण त्यो थियो जब घुन्सा फाउन्डेसनकी संस्थापक याङ्जोम शेर्पाले विद्यार्थीहरूसँग आफ्नै मनका कुराहरू साझा गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई निःशुल्क अनलाइन कक्षाहरू उपलब्ध गराएर उनीहरूको शैक्षिक यात्रामा पुर्याइएको सहयोगबारे सुन्दा हामी सबैलाई अत्यन्त हौसला र गर्व महसुस भयो। आगामी वर्षमा पनि विद्यार्थीहरूलाई सकेसम्म सहयोग गरिरहने संस्थापकको दृढ प्रतिबद्धताले उपस्थित सबैलाई थप उत्साहित तुल्यायो।
यो भेटघाट कार्यक्रम केवल एउटा औपचारिक आयोजना मात्र थिएन — यो थियो माया, प्रेरणा र भविष्यप्रतिको आशाको साझा उत्सव। घुन्सा फाउन्डेसन यसरी नै विद्यार्थीहरूको साथमा उभिँदै उनीहरूको सपना पूरा गर्न निरन्तर प्रयासरत रहनेछ।
भाइबहिनीहरूको आगामी शैक्षिक यात्रा अझै सुखद, उज्ज्वल र सफल बनोस् भन्ने हार्दिक शुभकामना!
"बालकालैदेखि नै स्वास्थ्यप्रति सचेत रहनु उज्ज्वल भविष्यको आधार हो।"
१२०+ विद्यार्थीहरू
दिगो सिकाइ वातावरण सिर्जना गर्न प्रगतिशील शिक्षण विधि र डिजिटल प्रविधि मार्फत ८ स्थानीय शिक्षकहरूलाई तालिम प्रदान।
शिक्षकहरूको सहयोग
दिगो सिकाइ वातावरण सिर्जना गर्न प्रगतिशील शिक्षण विधि र डिजिटल प्रविधि मार्फत ८ स्थानीय शिक्षकहरूलाई तालिम प्रदान।
स्थानीय प्रभाव
यो कार्यक्रम अत्यन्त सफल रह्यो र विद्यार्थीहरूले यसबाट निकै लाभ उठाए। घुन्सा फाउन्डेसन भविष्यमा पनि यस्ता थप जागरण कार्यक्रमहरू सञ्चालन गरी समुदायको स्वास्थ्य तथा कल्याणमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछ।
प्रभावका पलहरू


