ग्रामीण तथा दुर्गम क्षेत्रमा अध्ययनरत SEE विद्यार्थीहरूलाई सही मार्गदर्शन, प्रेरणा र अवसर प्रदान गर्नु आजको अत्यन्तै आवश्यक विषय बनेको छ। यही उद्देश्यका साथ Ghunsa Foundation ले दैलेख जिल्लाको नौमुले गाउँपालिकामा SEE केन्द्रित शैक्षिक तथा प्रेरणामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रमको उद्देश्य
यस कार्यक्रमको मुख्य उद्देश्य दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई SEE परीक्षाको तयारीमा सहयोग पुर्याउनु, डिजिटल शिक्षाको सही प्रयोग सिकाउनु तथा उनीहरूमा भविष्यप्रतिको आत्मविश्वास र प्रेरणा जगाउनु रहेको थियो।
पहिलो दिन: बालुवाटार क्षेत्र
कार्यक्रमको पहिलो दिन Ghunsa Foundation को टोली दैलेखको बालुवाटार क्षेत्रमा पुगेको थियो। यस सत्रमा तीनवटा विद्यालयका करिब ७२–७५ जना SEE विद्यार्थीहरू सहभागी थिए। कार्यक्रममा गाउँपालिकाका उपप्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो।
पहिलो चरणमा SEE तयारीका लागि डिजिटल शिक्षाको प्रयोग, इन्टरनेट पहुँच नभएको अवस्थामा अफलाइन नोट तथा भिडियोमार्फत अध्ययन कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषयमा व्यावहारिक जानकारी प्रदान गरियो।
दोस्रो चरणमा Ghunsa Foundation की डिजिटल संयोजक यान्जुङ शेर्पाले प्रेरणादायी सत्र सञ्चालन गर्नुभयो। उहाँले आफ्नै जीवन अनुभवमार्फत पढाइको महत्व, अभिभावकको भूमिका तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूले पनि उज्ज्वल भविष्य निर्माण गर्न सक्ने सम्भावनाबारे विद्यार्थीहरूलाई उत्प्रेरित गर्नुभयो।
यस अवसरमा स्थानीय गाउँपालिकाको तर्फबाट कक्षा १० का विद्यार्थीहरूलाई सामाजिक अध्ययन प्राक्टिस बुक तथा Old is Gold Solution पुस्तक वितरण गरियो। साथै, कार्यक्रमपछि विद्यार्थीहरूका लागि खानाको व्यवस्थासमेत गरिएको थियो।
दोस्रो सत्र: भैरव माध्यमिक विद्यालय
पहिलो सत्रपछि टोलीले भैरव माध्यमिक विद्यालयमा दोस्रो कार्यक्रम सञ्चालन गर्यो। यस सत्रमा पाँचवटा विद्यालयका करिब १५३ जना विद्यार्थीहरू सहभागी थिए।
यहाँ पनि कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो।
पहिलो चरणमा अनलाइन कक्षा, डिजिटल नोट तथा अफलाइन अध्ययन सामग्रीको प्रयोगबारे जानकारी दिइयो। दोस्रो चरणमा पुनः प्रेरणादायी सत्र सञ्चालन गरियो।
यस सत्रको विशेष आकर्षण नौमुले गाउँपालिकाकै एक विद्यार्थी थिए, जो SEE उत्तीर्ण गरी हाल MBBS छात्रवृत्तिमा अध्ययनरत छन्। उहाँको यात्राले सहभागी विद्यार्थीहरूमा “दुर्गम क्षेत्रबाट पनि सफलता सम्भव छ” भन्ने सशक्त सन्देश प्रवाह गर्यो।
निष्कर्ष
यस Dailekh School Visit मार्फत Ghunsa Foundation ले करिब ४०० विद्यार्थीहरूलाई समेट्दै SEE केन्द्रित शैक्षिक र प्रेरणादायी कार्यक्रम सम्पन्न गरेको छ। दुर्गम क्षेत्रका विद्यार्थीहरूमा सम्भावना देख्ने, प्रविधिको सहि प्रयोग सिकाउने र आत्मविश्वास जगाउने यो पहल SEE मात्र होइन, भविष्य निर्माणको आधार बनेको छ।
Ghunsa Foundation यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धतासहित दोस्रो दिन काठमाडौं फर्किएको थियो।






Leave a Reply