बागमती प्रदेशबाट ३३,८१८ विद्यार्थी निःशुल्क SEE अनलाइन कक्षामा सहभागी

SEE परीक्षा नजिकिँदै गर्दा बागमती प्रदेश का हजारौँ विद्यार्थीहरू डिजिटल माध्यमबाट अध्ययनमा सक्रिय भइरहेका छन्। Ghunsa Foundation को मार्गदर्शनमा Ambition Guru मार्फत सञ्चालन भइरहेको निःशुल्क SEE अनलाइन कक्षामा ३३,८१८ विद्यार्थी सहभागी भएका छन्।

यस पहलले विद्यार्थीहरूलाई घरमै बसेर गुणस्तरीय अध्ययन सामग्री, भिडियो कक्षा र परीक्षा तयारीका लागि आवश्यक मार्गदर्शन उपलब्ध गराइरहेको छ। विशेषगरी SEE जस्तो महत्वपूर्ण परीक्षाको तयारीमा यसले विद्यार्थीहरूलाई धेरै सहयोग पुर्‍याइरहेको छ।

Ghunsa Foundation को उद्देश्य देशभरका विद्यार्थीहरूलाई समान रूपमा शिक्षा उपलब्ध गराउनु हो। बागमती प्रदेशबाट देखिएको ठूलो सहभागिताले विद्यार्थीहरू डिजिटल शिक्षातर्फ आकर्षित भइरहेको स्पष्ट देखाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *