Ambition Guru र Ghunsa Foundation को संयुक्त भौतिक भ्रमण अभियान अन्तर्गत दमक नगरपालिका स्थित विद्यालयहरूमा SEE केन्द्रित शैक्षिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस पहलको मुख्य उद्देश्य विद्यार्थीहरूलाई परीक्षा तयारी, अध्ययन रणनीति, र आत्मविश्वास विकासमा सहयोग पुर्याउनु हो।
यस कार्यक्रम अन्तर्गत श्री धुकुरपानी माध्यमिक विद्यालय र हिमालय माध्यमिक विद्यालय मा कक्षा १० का विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरिएको थियो। हिमालय माध्यमिक विद्यालयमा १४३ जना विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाए। विद्यार्थीहरूले आफ्नो परीक्षा तयारीका सम्बन्धमा उठेका प्रश्नहरू सोध्ने अवसर पाए र विशेषज्ञ मार्गदर्शन प्राप्त गरे।

कार्यक्रमको क्रममा विद्यार्थीहरूलाई SEE परीक्षाको तयारी कसरी व्यवस्थित तरिकाले गर्ने, विषयगत अध्ययन योजनालाई प्रभावकारी बनाउने, र परीक्षा सामना गर्दा आत्मविश्वास कायम राख्ने तरिकाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, Ambition Guru App मार्फत उपलब्ध निःशुल्क SEE अनलाइन कक्षामा सहभागी हुने प्रक्रिया सरल तर स्पष्ट ढंगले विद्यार्थीहरूलाई देखाइएको थियो, जसले डिजिटल शिक्षामा पहुँच बढाउने अवसर समेत प्रदान गर्यो।
यस पहलले विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक सामग्री र सही मार्गदर्शन मार्फत आफ्नो अध्ययनमा थप प्रेरणा र उद्देश्य सुनिश्चित गर्न सहयोग पुर्याएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने दुवै विद्यालयका प्रधानाध्यापकज्यू र विद्यालय व्यवस्थापन समितिप्रति Ambition Guru र Ghunsa Foundation बाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने यो प्रयासले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास छ।



Leave a Reply