तनहुँ भ्रमण: SEE विद्यार्थीहरूसँग प्रत्यक्ष भेट र प्रेरणा

Ambition Guru र Ghunsa Foundation ले पौष २ र ३ गते भानु नगरपालिका, तनहुँ मा SEE परीक्षा तयारी गर्ने कक्षा १० का विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र प्रेरणात्मक सत्र आयोजना गर्यो।

यो कार्यक्रम सफल बनाउन भानु नगरपालिकाको सहकार्य अत्यन्त महत्वपूर्ण रह्यो। साथै, यस क्षेत्रमा कार्यक्रम आयोजना गर्न वातावरण तयार गरिदिनुभएको ग्रिन भेली रिजोर्ट र त्यहाँकी प्रतिनिधि गीता म्यामको सहयोग पनि विशेष उल्लेखनीय रह्यो।

गीता म्यामले विद्यार्थीहरूसँग सिधै भेट गर्दै उनीहरूको पढाइको अवस्था बुझ्नुभयो र यस क्षेत्रका धेरै विद्यार्थीहरूसँग संवाद गर्ने वातावरण तयार गरिदिनुभयो। यसले कार्यक्रमलाई अझ आत्मीय र प्रभावकारी बनायो।

साथै, भानु नगरपालिकाको शिक्षा शाखाबाट पनि निरन्तर समन्वय र सहजीकरण भयो, जसका कारण कार्यक्रम सहज रूपमा सम्पन्न गर्न सकियो।

विद्यार्थी र अभिभावकको सहभागिता

कार्यक्रममा विद्यार्थीहरू मात्र होइन, उनका अभिभावकहरू पनि सहभागी भए। यसले घरपरिवारको सहयोगमा विद्यार्थीहरूले पढाइमा ध्यान दिन सजिलो बनायो।

विद्यार्थीहरूले खुलेर आफ्ना प्रश्न, डर र लक्ष्यहरू साझा गरे। छोटो समयमै उनीहरूमा पढाइप्रति नयाँ उत्साह देखिन थाल्यो।

कार्यक्रम सञ्चालन भएका केन्द्रहरू

कार्यक्रम भानु नगरपालिकाका तीन स्थानमा सञ्चालन गरियो।

  • श्री चन्द्रावती मावि, चुँदी – पौष २, दिउँसो १:०० बजे
  • श्री चोक मावि, रामपुरटार – पौष ३, विहान ११:०० बजे
  • श्री होरालो शाशिस मावि, नारेश्वरटार – पौष ३, दिउँसो २:०० बजे

तीनै केन्द्रमा विभिन्न विद्यालयका SEE विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य

  • SEE विद्यार्थीहरूमा आत्मविश्वास बढाउनु।
  • पढाइप्रति सकारात्मक सोच विकास गर्नु।
  • अभिभावक र शिक्षकसँग मिलेर विद्यार्थीलाई सही दिशा देखाउनु।

निष्कर्ष

यस तनहुँ भ्रमणले SEE विद्यार्थीहरूमा “म सक्छु” भन्ने विश्वास जगायो। स्थानीय सरकार, शिक्षा शाखा, ग्रिन भेली रिजोर्ट र गीता म्यामको सहयोगले कार्यक्रम अझ सफल बन्यो।

Ghunsa Foundation र Ambition Guru आगामी दिनहरूमा पनि यस्ता प्रत्यक्ष भेटघाट र प्रेरणात्मक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्ध छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *