SEE परीक्षा नजिकिँदै गर्दा धेरै विद्यार्थीहरूलाई पढाइको चिन्ता हुन्छ। यो चिन्ता दुर्गम ठाउँका विद्यार्थीहरूमा अझ बढी देखिन्छ। यही कारणले घुन्सा फाउन्डेसन ले दोलखा जिल्लाको मेलुङ गाउँपालिका मा SEE विद्यार्थीहरूका लागि विद्यालय भ्रमण कार्यक्रम गरेको हो।
यो कार्यक्रम कुनै औपचारिक कार्यक्रमभन्दा बढी विद्यार्थीहरूसँग बसेर कुरा गर्ने, उनीहरूको डर सुन्ने र पढाइमा हौसला दिने उद्देश्यले गरिएको थियो।
विद्यार्थीहरूसँग सिधै भेट
मेलुङका विभिन्न विद्यालयका SEE विद्यार्थीहरू कार्यक्रममा सहभागी भए। विशेष गरी भूमेस्थान माध्यमिक विद्यालय, श्री भीम माध्यमिक विद्यालय, र श्री भीम माध्यमिक विद्यालय (बुद्ध चोक) का विद्यार्थीहरूसँग हामीले सिधै समय बितायौं।
भूमेस्थान माध्यमिक विद्यालयबाट शिरिशा लामा, निमालामा गोले, बोइमा तामाङ, सुनिता तामाङ, रञ्जिता लकन्द्री, आलिशा कार्की, सुनिता कार्की, लक्ष्मी कार्की, सोइच्छा कोइराला, कुसुम कार्की, झरना कार्की, रेनुका खड्का, आइश्मा कार्की, मन्दिरा के.सी., मेलिना कार्की, रोशन ठोकर, अनिश बी.के., सुमन कार्की, सोबित खड्का, अभिषेक कोइराला, प्रविण कार्की, अनिश कार्की, रिदम कार्की, बिनय कार्की, विशाल बी.के., विराज कोइराला, बिकेश कार्की, रोजान तामाङ र सुजन तामाङजस्ता विद्यार्थीहरू सहभागी थिए।
पढाइको कुरा, सजिलो भाषामा
कार्यक्रमको पहिलो भागमा SEE तयारी कसरी गर्ने भन्ने कुरा सरल तरिकाले साझा गरियो। इन्टरनेट नहुने ठाउँमा पनि नोट डाउनलोड गरेर पढ्ने, अफलाइन भिडियो हेर्ने र दिनको समय मिलाएर पढ्ने उपायहरूबारे कुरा गरियो। विद्यार्थीहरूले धेरै प्रश्न सोधे र आफूलाई उपयोगी लागेको बताए।

हौसला र आत्मविश्वास
दोस्रो भागमा विद्यार्थीहरूसँग खुलेर कुराकानी भयो। पढाइको महत्व, असफलता आएमा कसरी अगाडि बढ्ने र SEE लाई डर होइन अवसरको रूपमा हेर्नुपर्ने कुरा साझा गरियो।
श्री भीम माध्यमिक विद्यालय बाट सुबिना श्रेष्ठ, कमला श्रेष्ठ, दृष्टि अधिकारी, सुस्मिता लामा, करुणा तामाङ, रञ्जना विश्वकर्मा, निशा अधिकारी, रेश्मा अधिकारी, पवित्रा दाहाल, सुलोचना दाहाल, बेन बहादुर नगरकोटी, साजन तामाङ, विवेक श्रेष्ठ, दिप्सन अधिकारी, सुजन अधिकारी, विराज अधिकारी, सबिन अधिकारी, रिजान दाहाल, रुश्मिता श्रेष्ठ, सुस्मिता श्रेष्ठ र रेखा विश्वकर्माजस्ता विद्यार्थीहरूले खुलेर आफ्ना भावना राखे।
त्यस्तै श्री भीम माध्यमिक विद्यालय (बुद्ध चोक) बाट प्रविन्द्र गोले, सुप्रिन गोले तामाङ, करिना लामा, रस्मी तामाङ, रोशनी तामाङ, हरि राया माझी र सगेन गोले पनि सक्रिय रूपमा सहभागी भए।
अन्त्यमा
मेलुङ अझै पनि सुविधाको हिसाबले पछाडि परेको ठाउँ हो, तर यहाँका विद्यार्थीहरूमा मेहनत गर्ने चाहना कम छैन। यो भ्रमणले विद्यार्थीहरूलाई “हामी पनि सक्छौं” भन्ने विश्वास दिलाएको छ।
घुन्सा फाउन्डेसनले यस्ता साना तर अर्थपूर्ण भेटघाटहरू मार्फत SEE विद्यार्थीहरूसँगै उभिने प्रयास निरन्तर गरिरहनेछ।


Leave a Reply