काभ्रेपलाञ्चोक विद्यालय भ्रमण: SEE विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट

Ambition Guru र Ghunsa Foundation ले संयुक्त रूपमा पौष २८ र २९ गते काभ्रेपलाञ्चोक जिल्लामा विद्यालय भ्रमण कार्यक्रम सञ्चालन गर्यो। यस भ्रमणको मुख्य उद्देश्य SEE परीक्षा नजिकिँदै गर्दा कक्षा १० का विद्यार्थीहरूलाई प्रत्यक्ष भेटेर हौसला दिनु, सही पढाइको दिशा देखाउनु र Ambition Guru App मार्फत निःशुल्क SEE कक्षामा जोड्नु थियो।

यो कार्यक्रम कुनै औपचारिक कार्यक्रमभन्दा बढी विद्यार्थीहरूसँग बसेर कुरा गर्ने, उनीहरूको डर र जिज्ञासा सुन्ने तथा पढाइप्रति आत्मविश्वास बढाउने उद्देश्यले गरिएको थियो।

महाभारत गाउँपालिकामा भेटघाट

पौष २८ गते हामी महाभारत गाउँपालिकाका विभिन्न विद्यालयहरूमा पुग्यौं। कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट भयो र खुला रूपमा अन्तरक्रिया गरियो।

यस दिन सहभागी विद्यालयहरू:

  • श्री गोकुले माध्यमिक विद्यालय
  • श्री कालिका देवी विद्यालय
  • श्री सिद्धेश्वर माध्यमिक विद्यालय
  • श्री ज्योति माध्यमिक विद्यालय
  • श्री जनकल्याण माध्यमिक विद्यालय
  • ग्रामोन्नति माध्यमिक विद्यालय
  • श्री जनमोहन माध्यमिक विद्यालय
  • श्री भैरव माध्यमिक विद्यालय

विद्यार्थीहरूलाई SEE तयारी कसरी गर्ने, समय मिलाएर कसरी पढ्ने र अध्ययनप्रति प्रतिबद्ध कसरी रहने भन्ने कुरा सरल भाषामा बुझाइयो। साथै Ambition Guru App प्रयोग गरेर निःशुल्क SEE कक्षामा कसरी जोडिने भन्ने प्रक्रिया पनि देखाइयो।

यस दिन महाभारत गाउँपालिकाबाट २४१ जना विद्यार्थीहरू Ambition Guru App मा जोडिए।
कार्यक्रम सफल बनाउन सहयोग गर्नु भएकोमा गाउँपालिका प्रमुख कान्छा लाल जिम्वा ज्यू प्रति धन्यवाद व्यक्त गर्दछौं।

खानीखोला गाउँपालिकामा कार्यक्रम

पौष २९ गते हामी खानीखोला गाउँपालिकाका विद्यालयहरूमा पुग्यौं। यहाँ पनि कक्षा १० का विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट भयो।

सहभागी विद्यालयहरू:

  • जनविकास माध्यमिक विद्यालय
  • श्री जनविकास माध्यमिक विद्यालय
  • धर्ने ज्योति माध्यमिक विद्यालय
  • जनहित माध्यमिक विद्यालय
  • बालविकास माध्यमिक विद्यालय
  • बुद्ध माध्यमिक विद्यालय
  • कुमारी माध्यमिक विद्यालय

यस दिन Ghunsa Foundation की संस्थापक याङ्जोम शेर्पा ले विद्यार्थीहरूसँग प्रेरणादायी कुराकानी गर्नुभयो। उहाँले SEE लाई डरको विषय होइन, अवसरको रूपमा हेर्नुपर्ने कुरा साझा गर्नुभयो।

साथै Ambition Guru App मार्फत निःशुल्क SEE कक्षामा कसरी सहभागी हुने भन्ने कुरा फेरि सरल तरिकाले बुझाइयो।

खानीखोला गाउँपालिकाबाट १४० जना विद्यार्थीहरू App मा जोडिए।
यस कार्यक्रमका लागि सहयोग गर्नु भएकोमा गाउँपालिका प्रमुख इन्द्र बहादुर थिङ ज्यू प्रति आभार व्यक्त गर्दछौं।

विद्यार्थीहरूको प्रतिक्रिया

दुवै दिन विद्यार्थीहरूले खुलेर प्रश्न सोधे र धेरैले पहिलो पटक आफूहरूका लागि निःशुल्क अनलाइन कक्षा उपलब्ध भएको थाहा पाएको बताए।
धेरै विद्यार्थीहरूले अब SEE तयारी अझ गम्भीर रूपमा गर्ने र नियमित पढ्ने प्रतिबद्धता व्यक्त गरे।

ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई प्रत्यक्ष भेटेर साथ दिन पाउनु हाम्रो लागि पनि प्रेरणादायी अनुभव बन्यो।

निष्कर्ष

Ambition Guru र Ghunsa Foundation को यो विद्यालय भ्रमणले काभ्रेपलाञ्चोकका SEE विद्यार्थीहरूलाई पढाइप्रति नयाँ ऊर्जा र आत्मविश्वास दिएको छ।

महाभारत गाउँपालिकाबाट २४१ जना र खानीखोला गाउँपालिकाबाट १४० जना गरी कुल ३८१ जना विद्यार्थीहरू Ambition Guru App मा जोडिनु यस अभियानको महत्वपूर्ण उपलब्धि हो।

आगामी दिनहरूमा पनि यस्ता सरल र अर्थपूर्ण भेटघाटहरू मार्फत SEE विद्यार्थीहरूसँगै उभिने र निःशुल्क शिक्षा पहुँच बढाउने प्रयास निरन्तर जारी रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *